बाराको एरोटेक उद्योगमा डाँका समूह र प्रहरीबीच झडप, एक प्रहरी घाइते

वीरगन्ज पथलैया औद्योगिक करिडोरको भलुहीमा स्थित ग्याँस सिलिण्डर उद्योग एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच दोहोरो झडप भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको झडप हुँदा एकजना प्रहरी घाइते भएका छन् ।
मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न पुगेको खबर पाएपछि प्रहरी पुगेर रोक्न खोज्दा दोहोरो भीडन्त भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र वोगटीले जनाएका छन् । प्रहरी कारवाहीमा दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ।
दोहोरो झडपका क्रममा डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बोगटीले जनाएका छन् ।
घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक-एक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुईजना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ । शनिबार मध्यरातमा १२÷१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योगमा पसेका थिए ।
डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो । डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गर्दा उनी घाइते भएको प्रहरीले जनाएको छ ।
शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ । पक्राउ परेका दुईजनाको भने नाम सार्वजनिक गरिएको छैन । औद्योगिक सुरक्षा बलको रुपमा औद्योगिक करिडोरमा खटाईएका सशस्त्र प्रहरीलाई सरकारले हटाएपछि पुनः औद्योगिक करिडोर असुरक्षित हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन