बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

आइतबार, १९ भदौ २०७९, १० : ५४
आइतबार, १९ भदौ २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७०२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८२, लेन अनुशासन पालना नगर्ने ४८, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् । 

यस्तै २ हजार २०४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप