कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु
आइतबार, १९ भदौ २०७९, १० : ४३
कपिलवस्तुको बिजयनगर गाँउपालिका–७ जुगनियामा हिजो बेलुकी गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु रहेका छन् । भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु हिजो बेलुकी ७ बजे अचानक खसेका थिए ।
मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्ज स्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । चालकलाई ईलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक
-
गाजामा थप एक बन्धकको शव फेला
-
अधिवेशनमा लफडा भएपछि युवा सङ्घ कास्कीको संयोजक केन्द्रले तोक्यो
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अफगानिस्तानको अर्को क्षेत्रमा पनि बाढी, कम्तीमा ५० जनाको मृत्यु