मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भारत र पाकिस्तान भिड्दै

आइतबार, १९ भदौ २०७९, १० : ३०
आइतबार, १९ भदौ २०७९

एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।

भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा छ ।

पाँच पटकको विजेता टोली यो पटक पनि च्याम्पियन बन्ने योजनामा छ । भारतले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो भने दोस्रो खेलमा हङकङलाई हराएको थियो ।

यता दुई पटकको विजेता पाकिस्तान यो पटक पनि उपाधि दावेदार टोली हो । भारत र पाकिस्तानबीच हालसम्म एसिया कपमा १५ खेलहरु भएका छन् । जसमा भारत बलियो देखिएको छ ।

भारतले १५ मध्य ९ खेलमा जित निकालेको छ । बाँकी खेलमा ५ खेलमा पाकिस्तानले जित निकालेको छ । दुई टोलीबीचको एक खेलको नतिजा भने आएको थिएन ।

दुई टोलीबीचको नतिजा नआएको खेल सन् १९९७ मा कोलम्बोमा भएको खेल हो । पाकिस्तानमाथि बलियो भएको भारत आजको खेलमा पनि आफूलाई बलियो सावित गर्ने योजनामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप