शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बुटवलमा केएफसीको १४ औं शाखा

आइतबार, १९ भदौ २०७९, ०९ : ५६
आइतबार, १९ भदौ २०७९

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौ शाखा विस्तार गरेको छ । बुटवल  उपमहानगरपालिका वडा नम्बर ८, सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको रेस्टुरेन्ट खोलिएको हो । 
सो आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकारको आनन्द लिन सकिनेछ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान १० बजे बाट रातको  १० बजे सम्म डाइन–इन र टेक अवे  मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवा पनि पाइनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप