बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवको नाम बाराका २ निर्वाचन क्षेत्रबाट सिफारिस

शनिबार, १८ भदौ २०७९, २२ : ५४
शनिबार, १८ भदौ २०७९

जनता समाजवादी पार्टी (जसपा) ले आस्रन निर्वाचनका लागि बारा जिल्लावाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । आज बसेको जिल्ला कार्यकारिणी समितिको बैठकले बाराको ४ वटा प्रतिनिधिसभा सदस्य, ८ वटा प्रदेशसभा र समानुपातिक तर्फका दावेदार उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । 

प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र १ मा रामबाबु प्रसाद कुशहवा र मानिष यादव, क्षेत्र नं २ मा जसपा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, रामसहाय प्रसाद यादव, प्रयाग राय यादव रहेका छन् त्यसैगरी क्षेत्र नं ३ को लागि पार्टी अध्यक्ष यादव सहित रामबाबु कुमार यादव,प्रमोद गुप्ता,सचितानन्द यादव र शंकर प्रसाद यादव रहेका छन् साथै क्षेत्र नं ४ मा विरेन्द्र प्रसाद कुशवाहा,भरतप्रसाद कुर्मी,आनन्द कुमार यादव रहेका छन् । 

प्रतिनिधिसभा सदस्य तर्फ सिफारिस भएका १३ जनामध्ये रामसहायप्रसाद यादव बारा क्षेत्र नं २  र  रामबाबुकुमार यादव बारा क्षेत्र नं ३ का बहालवाला सांसद हुन् । त्यसैगरी जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम बाराको २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ तर यादव सप्तरी निर्वाचन क्षेत्र नं २ का बहालवाल संघीय सासंद हुन् । 

प्रदेशसभा सदस्यतर्फ २२ जनाको नाम सिफारिस
आज बसेको जसपा जिल्ला समन्वय समिति र जिल्ला कार्यकारिणी समिति बैठकले प्रदेशसभा सदस्य तर्फ क्षेत्र नं १ को (क) मासुरेश बैठा र विष्णुदयाल सहनीको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं १ (ख) मा सरोजकुमार यादव र मुरतुजा अन्सारी नाम सिफारिस भएको छ । 

बाराको क्षेत्र नं २ को (क) मा उषाकुमारी यादव, रामबाबुप्रसाद यादव, सरदा शंकर साह कलवार,आत्मराम साह र विनोद साह रहेका छन् भने सोही निर्वाचन क्षेत्रको (ख) मा भने बच्चा राउत अहिर,अवधभुषण प्रसाद यादव, रामकिशोर प्रसाद यादव, अमरदेव यादव र ऋषिकेश यादव रहेका छन् । प्रदेशसभा सदस्यतर्फ बाराको निर्वाचन क्षेत्र नं ३ (क) मा भरतबहादुर खड्का, शिवनाथ प्रसाद पटेल, रुपलाल चौधरी, हेमराज भट्टराई र प्रकाश चौगाई रहेका छन् । ३ कै (ख) मा पारस साह र दिनेशप्रसाद पट्टेलको नाम सिफारिस भएको छ । 

बाराको निर्वाचन क्षेत्र नं ४ (क) मा भने विरेन्द्रप्रसाद कुशहवा, भरतप्रसाद कुर्मी र आनन्दकुमार यादव रहेका छन् भने सोही निर्वाचन क्षेत्रको (ख) मा रामचन्द्र सिंह,डा. धनन्जयप्रसाद यादव, सुनिलकुमार यादव, नरेशकुमार यादवको नाम सिफारिस भएको छ । प्रदेशसभा सदस्यतर्फ सिफारिस भएका २७ जना मध्ये शारदा शंकरप्रसाद कलवार, पारसप्रसाद साह, सरोजकुमार यादव, बच्चा राउत अहिर बहालवाला प्रदेशसभा सदस्य हुन् । आज बसेको बैठकले प्रदेशसभा सदस्यतर्फ सिफारिस गरेका नामावलीमा अधिकांश यादव समुदायका रहेका छन् । 

समानुपातिकतर्फ २२ जनाको नाम सिफारिस

आज बसेको बैठकले समानुपातिक तर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा २२ जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका नामावलीमा प्रतिनिधिसभा सदस्य पुरुषतर्फ दिपेश बहादुर थापा, सनि लामा,अंसारुल हक अंसारी,विशेश्वरप्रसाद यादव, प्रतिनिधिसभा सदस्यमा महिला तर्फ सावित्रीदेवी शर्मा, राजपति देवी, सायदा खातुन र ललितादेवी साह रहेका छन् । 

त्यसैगरी समानुपातिकमा प्रदेशसभा सदस्यतर्फ जितेन्द्र यादव, सुरेश चौधरी, लालबाबु सिंह, बिन्दा साह, सुजित पाण्डे, रजली यादव, उम्रावती देवी, सिला साह,अम्रितादेवी भगत,रविजल खातुन, लिला पाण्डे, वविता साह, रमावती चौरसिया, मधुमाया यादव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप