आन्तरिक छलफलमा देउवाले भने– सिट बाँडफाँटमा हामी लचिलो हौँ, अरुलाई पनि भनौँ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केही नेताहरू बोलाएर यस्तो निर्देशन दिएको प्रवक्ता डा.प्रकाशशरण महतले रातोपाटीलाई बताए । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रवक्ता महत नेता ज्ञानेन्द्र कार्की लगायत उपस्थित थिए ।
महतका अनुसार भोलि बस्ने गठबन्धन कार्यदलको बैठकमा लचिलो भएर प्रस्तुत हुन देउवाको निर्देशन थियो । देउवाको भनाइ उदृत गर्दै महतले भने, ‘मोटामोटी कति फेग्जिबल हुने भन्ने छ । गठबन्धनको नेतृत्वकर्ता हो हामी । हामी फेग्जिबल हुनुपर्छ । अरु दललाई पनि फेग्जिबल हुन आग्रह गर्नुपर्छ।’ गठबन्धन तलमाथि नहुनेगरी सिट बाँडफाँटको वर्कआउट गर्न पनि देउवाको निर्देशन थियो । गठबन्धनमा रहेका दल जित्ने ठाउँमा काँग्रेस दाबी नगर्न देउवाले भने ।
‘गठबन्धनले चुनाव जित्ने गरि सिट बाँडफाँट गरौँ । उनीहरू चुनाव जित्ने ठाउँमा हामी दाबी छोडिदिउ । हामीले चुनाव जित्ने ठाउँमा उनीहरूलाई दाबी छोड्न अनुरोध गरौँ’, देउवाको भनाइ थियो । गठबन्धनमा काँग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी प्रस्तुत गरेको छ ।
यसमा सबै दल लचिलो भएर सिट बाँडफाँट टुंग्याउन गठबन्धन कार्यदलमा छलफल भइरहेको छ । काँग्रेसले ८५–९०, माओवादीले ४५–५०, जसपा र लोसपाले १२१५ सिटमा लचिलो हुने सम्भावना रहेको कार्यदलमा रहेका नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन