राम कार्की ओखलढुंगाबाट सिफारिस, विश्वप्रकाशलाई राहत
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ चम्पा देवी कार्की (आशा) सिफारिस भएकी छिन् ।
कार्की यसअघि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनबाट उनले नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । यसपटक भने माओवादी र कांग्रेस एउटै गठबन्धनमा रहेका छन् । कार्की ओखलढुंगाबाट सिफारिस भएपछि यसपटक झापाबाट नै चुनाव लड्ने अडान राखिरहेका बेला महामन्त्री शर्मालाई राहत मिलेको छ ।
त्यस्तै, प्रदेशसभा (क) तर्फ ३ जनाको नाम सिफारिस गरेको छ । जसमा रामकुमार कार्की, खुदबहादुर खत्री र नरेन्द्र खतिवडा छन् । त्यस्तै, प्रदेश सभा (ख) मा बाबुराम गौतम, मोहन खड्का र खड्गा योगी सिफारिस भएका छन् । त्यस्तै, समानुपातिकतर्फ क्षेत्र नम्बर (क) मा ५ जना र (ख) मा १० जनाको नाम सिफारिस गरेको कार्यालय सचिव नवराज खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय