बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गुलाबजङ्ग शाह पुनः प्रदेशतिरै सिफारिस, किन बदले निर्वाचन क्षेत्र ?

शनिबार, १८ भदौ २०७९, २० : २२
शनिबार, १८ भदौ २०७९

नेकपा एमालेका प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाह पुनः प्रदेश सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् । एमाले सल्यानका प्रभावशाली नेता शाह प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभाका लागि उम्मेदवार सिफारिस भएका हुन् । 

यद्यपि शाहले यो पटक भने क्षेत्र बदलेका छन् । ०७४ मा उनी (क) बाट चुनाव लडेका थिए ।  शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए ।  यो पटक शाहले आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर गएर चुनाव लड्दै छन् । सल्यानमा एमाले विभाजनको असर परेको देखिन्छ ।

सल्यानमा आफ्नो प्रभाव बलियो बनाइरहेका प्रकाश ज्वाला अहिले एकीकृत समाजवादीको उपमहासचिव र प्रदेश इञ्चार्ज छन् । शाह र ज्वाला दुवैको क्षेत्र एउटै हो । तर गत वर्ष ज्वालाले (ख) बाट प्रदेश सभा चुनाव जितेका थिए । 

माओवादीको साथ पाएर दुवै जनाले प्रदेश सभा चुनाव जित्न सफल भएका थिए । यद्यपि अहिले ज्वाला प्रतिनिधि सभाको लागि सिफारिस भइसकेका छन् । शाहले आफ्नो क्षेत्रबाट सुरक्षित महसुस नगरेपछि (ख) बाट उम्मेदवारी दिने निर्णय गरेको नेताहरू स्थानीय नेताहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप