आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना पक्राउ

शनिबार, १८ भदौ २०७९, २० : १८
शनिबार, १८ भदौ २०७९

नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना युवक पक्राउ परेका छन् । नुवाकोट जिल्लाको ककनी गा.वि.स. ५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने ३२ वर्षीय हिरामान लामा पक्राउ परेका  हुन् । 

सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट शुक्रबार राति नियन्त्रणमा लिएको हो ।   

उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारबाहीको लागि आज इलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप