शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश कांग्रेस सभापति यादव प्रतिनिधि र प्रदेश सदस्य दुवैमा एकल सिफारिस

शनिबार, १८ भदौ २०७९, २० : ०४
शनिबार, १८ भदौ २०७९

नेपाली काँग्रेस रौतहट क्षेत्र १ "ख"ले  नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवलाई प्रतिनिधि र प्रदेश सभामा एक्ल सिफारिस गरेको छ । शनिबार बसेको काँग्रेस जिल्ला क्षेत्रीय १ को  " क" र " ख" प्रदेश कार्यसमितिको बैठकले यादवलाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा  दुवैतर्फका लागि उम्मेदवार सिफारिस गरेको हो ।

त्यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको छ । जसमा क्षेत्र १ " ख" बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेस मधेस प्रदेश सदस्य एवम् सूचना सञ्चार प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता , चिरञ्जीवी सिंह , सन्तुप्रसाद यादव, प्रकाश सिंह लगायतका नेताहरु सिफारिस भएका छन् ।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चुनाव लड्ने तयारीमा रहेकाे राैतहट १ मा प्रदेश सभापति यादवकाे एकल सिफारिस भएको हो ।

जिल्लाबाट प्रदेश कार्यसमितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधानबमोजिम अब प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय संसदीय समितिले एक उम्मेदवार चयन गर्ने छ  । अहिले सत्ता गठबन्धनले भागबन्डा टुङ्ग्याउन सकिरहेको छैन ।

पूर्व प्रधानमन्त्री नेपाल प्रतिनिधि सभा सदस्य गठबन्धनबाट उम्मेदवार भएको अवस्थामा प्रदेश सभापति यादव स्वत: प्रदेश सभा सदस्य उम्मेदवार  बन्नेछन् । काँग्रेसले राैतहट १ को ख गठबन्धनबाट पाउने निश्चित जस्तै छ। समानुपातिक सिफारिस भएका प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ता र मधेस सभापति यादव सभापति शेरबहादुर देउवा निकटकी नेता हुन् । मधेस प्रदेश सभापति यादवलाई भावी मुख्यमन्त्री रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप