बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपाललाई

शनिबार, १८ भदौ २०७९, १९ : ३०
शनिबार, १८ भदौ २०७९

घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । शनिबार भएको दोस्रो एकदिवसीयमा केन्यालाई १७ रनले हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६ ओभर ३ बलमा सम्पूर्ण विकट गुमाउँदै मात्र २१३ रन बनायो । 

केन्याकालागि राकेप पटेलले ८१ रनको अर्धशतकीय पारी खेले । ९८ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै नेसन ओडियाम्बोले २८ रन बनाउँदा गेराड मुठीले २० रनको बनाए । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले तीन विकेट लिँदा करण केसी र आदिल अन्सारीले एक–एक विकेट लिए । 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका लागि नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिए ।

पहिलो एकदिवसीयमा नेपालले न्यालाई ७ विकेटले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप