आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्लुङ-१ बाट चित्रबहादुर, प्यूठानबाट दुर्गा उम्मेदवार

शनिबार, १८ भदौ २०७९, १९ : ०८
शनिबार, १८ भदौ २०७९

राष्ट्रिय जनमोर्चाको संसदीय बोर्डको बैठक बोर्डको बैठकले  बाग्लुङको प्रतिनिधि सभाको १ नम्बर निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी. र प्यूठान प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दुर्गा पौडेललाई उम्मेदवारको रूपमा अगाडि सार्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिश भई आएका उम्मेदवारको सूचीमाथि छलफल गरेको थियो । प्रदेश तथा केन्द्रका लागि उम्मेदवारको रुपमा सिफारिस भई आएका अन्य नेताहरुका बारेमा गरिएका निर्णयहरु क्रमशः सार्वजनिक गर्दै जाने पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप