अध्यक्ष तिमिल्सिना र यूएई संसद्का उपाध्यक्षबीच भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अरब इमिरेट्स (यूएई) संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीबीच शिष्टाचार भेट भएको छ । शनिवार निजी निवासमा अध्यक्ष तिमिल्सिना र संयुक्त अरब इमिरेट्स (यूएई) संसद्का उपाध्यक्ष यामाहीबीच शिष्टाचार भेट भएको हो ।
भेटमा दुवै पक्षबाट नेपाल र यूएईबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बारेमा कुराकानी भएको थियो । साथै यूएईको तर्फबाट उपाध्यक्ष याहामीले नेपालमा ठुलो लगानी गर्न इच्छुक रहेको बताए । त्यस्तै उनले दुई देशबीच मिलेर काम गर्दा सम्बन्धले झनै उचाइ छुने र युएईले नेपालमा लगानी गरेको खण्डमा नेपालीहरूको रोजगारीको अवसर जुट्ने जिकिर गरे ।
अध्यक्ष तिमिल्सिनाले नेपाल यूएईको सहयोग लिएर काम गर्न तयार रहेको बताए । भेटपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेटमा नेपालमा व्यापारको लगानीदेखि नेपालका लागि सहयोग र दुई देशबीचको सम्बन्ध राम्रो बनाउने विषयमा छलफल भएको जानकारी दिए । यामाही दुई महिनापछि अरब मुलुकका २२ देश सदस्य रहेको अरब लिगको महासचिव नियुक्त हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘थारू’लाई छुट्टै पहिचान दिन सर्वोच्चको अस्वीकार, देखायो यस्ता कारण
-
पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर