हिन्दुराष्ट्रको मुद्दा उठाउने एकमात्र दल राप्रपा नेपाल : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश सङ्कटमा रहेको वर्तमान अवस्थामा जनता राजावादी र गणतन्त्रवादीमा विभाजित हुने बेला नभएको बताएका छन् । अहिलेको समयमा सबै मिलेर देशलाई जोगाउनु पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै थापाले देश जोगाउने कार्यको नेतृत्व राप्रपा नेपालले लिनेमा आफू विश्वस्त रहेको बताए ।
राप्रपा नेपाल काठमाडौँद्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निष्ठापूर्वक हिन्दुराष्ट्रको मुद्दा उठाउने एकमात्र दल राप्रपा नेपाल भएको ठोकुवा गर्दै हिन्दुराष्ट्रको बीउ जोगाउन पनि आगामी निर्वाचनमा राप्रपा नेपाललाई संसद्मा पुर्याउन आवश्यक रहेको जिकिर गरे । यदि यसो हुन नसकेमा नेपालमा हिन्दुराष्ट्र पुनर्स्थापनाको मुद्दा पनि सदाको लागि मर्ने भएकोले राष्ट्र र राष्ट्रियताप्रति सजग आम जनता समयमै सचेत हुनुपर्ने अध्यक्ष थापाले बताए ।
नागरिकता विधेयक पारित गरी गठबन्धन सरकारले गरेको राष्ट्रघातलाई चुनावी अभियानका क्रममा राप्रपा नेपालले उठाउँदै गठबन्धन सरकारको अनियमितता र भ्रष्टाचार बारे ‘भण्डाफोर अभियान’ पनि सँगसँगै चलाउने भन्दै थापाले द्रुतगतिमा संगठन विस्तारमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । राप्रपा नेपालले न्यायालयबाट ‘गाई चिन्ह’ पाउने आशा गरेको बताउँदै थापाले अधिकारबाट राप्रपा नेपाललाई वञ्चित गराइयो भने सङ्घर्षमा जाने उद्घोष समेत गरे ।
सो पार्टी प्रवेश कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका नेता महामाया प्रसाद सिंह राजपूत, राप्रपा काठमाडौँका पूर्व अध्यक्ष श्याम प्रसाद घिमिरे, रमेश नापित, रुक्मणी खन्गाह, प्रदीप कार्कीलगायत ४६० जनाले राप्रपा नेपाल प्रवेश गरेको थिए । नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष कमल थापा, उपाध्यक्ष जयकुमार खड्कालगायतका नेताहरूले खादा र टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म