देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिवार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताए ।
उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ ।’ पौडेलले सिंगै देशलाई एकै पटक सुशासन दिन नसकेपछि सुशासनको जग बसाल्ने बताए । उनले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी पनि मसंग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ पनि छ ।’
पौडेलले सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने भन्दै राष्ट्रलाई स्वतन्त्रता, सम्वर्द्धन र हितको लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताए । उनले भने, ‘सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ । म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन् । नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ ।’ पौडेलले युवा र पाको नेता दुवै मिलेर देश विकास गर्नुपर्ने बताए । युवाले राजनीतिमा आउनै हुन्न भन्ने होइन र पाकाले राजनीति गर्न हुँदैन भन्ने पनि नहुने उनको तर्क थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित
-
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध हत्यामा मुद्दा नचल्ने
-
शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने
-
जगदम्बा स्टिललाई तत्काल प्रदूषण नियन्त्रण गर्न संसदीय समितिको निर्देशन (तस्बिरहरूसहित)
-
बलात्कार मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ