सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक–२ बाट एमालेका ३ जनाको नाम सिफारिस

शनिबार, १८ भदौ २०७९, १६ : १३
शनिबार, १८ भदौ २०७९

आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्न एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ । शनिबार बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित माधव पाण्डेको नाम सिफारिस गरेको हो ।

सोही क्षेत्रबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङ र दावा तामाङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप