काठमाडौँमा गौरा पर्वको रौनक, तस्बिरमा हेर्नुहोस्
शनिबार, १८ भदौ २०७९, १६ : १२
सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् । धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ आज गौरा पर्वको अन्तिम र महत्त्वपूर्ण दिन हो । हिजो अमुक्ताभरण सप्तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ ।
अष्टमी र दुबो दुवै भगवतीका प्रिय हुन् । त्यसैले गौरा मनाउने क्षेत्रमा दुर्बाष्टमीको विशेष महत्त्व छ । सोही सिलसिलामा सुदूरपश्चिमबाट काठमाडौँ आई बसोबास गर्ने सर्वसाधारणहरूले पनि गौरा पर्व मनाएका छन् । काठमाडौँमा गौरा मनाइरहेका सुदूपश्चिमेलीहरुका तस्बिरलाई हामीले यहाँ समावेश गरेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोशीको टापुमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै
-
देशभर २२ ठाउँका राजमार्ग अवरुद्ध
-
काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार : गृहमन्त्री
-
नख्खु खोलाले बगाएका ३ जनाको उद्धार
-
नख्खुमा हेलिकोप्टर उडाएर उद्धार गर्न सकिएन : गृहमन्त्री लेखक
-
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, सतर्कता अपनाउनु होस् : कार्यवाहक प्रधानमन्त्री सिंह