शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मिखाइल गोर्बाचेभको अन्त्येष्टि

शनिबार, १८ भदौ २०७९, १६ : ०७
शनिबार, १८ भदौ २०७९

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि सम्पन्न भएको छ । उनको राजकीय सम्मानबिना नै शनिबार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएनन् । उनको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।

सन् १९८५ देखि सन् १९९१ मा सत्तामा रहँदा गोर्बाचेभले लोकतान्त्रिक सुधारहरूद्वारा सोभियत संघलाई रूपान्तरण गर्न खोजेका थिए । सोभियत संघ विघटन गरेकाले अधिकांश रुसीले गोर्बाचेभलाई मन पराउँदैनथे । पश्चिमा देशहरुका लागि भने गोर्बाचेभ सदा नायक सावित भए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप