नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल
नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका नवनियुक्त सचिव श्री कृष्णहरि पुष्करलाई भेट गरेको छ । भेटमा अध्यक्ष राणाले नव नियुक्त अर्थ सचिव कृष्णहरि पुष्करलाई बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागी शुभकामना व्यक्त गरेकी छन् ।
त्यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ हिस्सा ओगटेको ठुलो व्यावसायिक साझेदार भएको, त्यस्तै पारवहन सम्बन्धी मामिलामा निर्भरता १००∞, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पारवहन निर्भरता ९०∞, त्यस्तै नेपालमा आएको विदेशी लगानीमध्ये ४०∞ का साथै २०∞ पर्यटक भारतबाटै आउने गरेको कारण पनि भारत नेपालको आर्थिक विकासका सहयात्री रहेको बताउँदै नेपालको व्यापार को मुख्य द्वार रहेको जानकारी गराउँदै नेपाको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न सङ्घले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको जानकारी गराएकी थिइन् ।
उनले भारतीय पर्यटन प्रवर्द्धन गर्न सङ्घले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठकको आयोजना गराउन पनि भारतीय दूतावास मार्फत पहल गर्दै गरेको बताउँदै सोही विषयलाई लक्षित गर्दै धार्मिक पदमार्ग सम्बन्धी कफीटेबल बुक र वेबसाइट निर्माणको तयारी अन्तिम चरणमा भई रहेको जानकारी गराइन् । नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनको लागी सङ्घले आफ्नो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागी पनि अध्यक्ष राणाको अनुरोध थियो ।
सचिव पुष्करले अहिले भारत सरकारले नेपाल प्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको विकासमा सकारात्मक रुपमा नै हेर्ने गरेको बताउँदै भारतबाट हामीले धेरै सिक्न सकिने र भारतसँगको सम्बन्धबाट लिन सकिने लाभहरूमा हाम्रो ध्यान जानुपर्ने बताउँदै आगामी दिनहरूमा मन्त्रालयको तर्फबाट प्रत्यक्ष तथा परोक्ष हरेक प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधिमण्डलमा उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिदेशक केशब मान सिंह तथा उपनिर्देशक मार्शल राठौर रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय