नेपालद्वारा २ सय ३१ रनको लक्ष्य प्रस्तुत
शनिबार, १८ भदौ २०७९, १५ : ३७
दोस्रो एकदिवसीय खेलमा नेपालले केन्यालाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३० रन बनाएको हो ।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका लागि नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिए ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या