शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यामलाल कँडेल प्रदेशसभा निर्वाचनका लागि एकल सिफारिस

शनिबार, १८ भदौ २०७९, १४ : २८
शनिबार, १८ भदौ २०७९

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेश सभाको उम्मेदवारको लागि एकल सिफारिस भएका छन् ।

नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको दोस्रो पूर्ण  बैठकबाट आज उनी एकल रुपमा सिफारिस भएका हुन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल प्रतिनिधिसभामा जानसक्ने धेरैको आंकलन थियो। यद्यपि कँडेल प्रदेशसभामै जान चाहेकोले उनको विकल्पमा अन्य उम्मेदवार देखिएनन् ।

०७४ मा कँडेल २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप