शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एकदिवसीय क्रिकेटमा स्टार्कको नयाँ कीर्तिमान

शनिबार, १८ भदौ २०७९, १३ : ५१
शनिबार, १८ भदौ २०७९

अस्ट्रेलियाको तीव्र गतिका बलर मिचेल स्टार्क एक दिवसीय क्रिकेटमा सबैभन्दा चाँडो २ सय विकेट लिने खेलाडी बनेका छन् । उनले पाकिस्तानका अफ स्पिनर सक्लेन मुस्तानले २३ वर्ष अगाडि बनाएको कीर्तिमान भंग गर्न सफल भएका हुन् ।

शनिबार आफ्नो १०२ औँ एक दिवसीय खेलमा स्टार्कले जिम्बाव्वेका रायन बर्ललाई आउट गर्दै आफ्नो २ सयौँ विकेट पुरा गरेका थिए । पाकिस्तानका महान् स्पीनरले १०४ औँ खेलमा सो उपलब्धि हासिल गरेका थिए ।

अस्ट्रेलियाका बलरहरूमा ब्रेट लीले ११२ खेल, सेन वार्नले १२५, मिचेल जोनसनले १२९ तथा ग्लेन म्याकग्राले १३३ खेलमा २ सय विकेट पुरा गरेका थिए । ३२ वर्षीय खेलाडीभन्दा म्याकग्राथको मात्र बलिङ औसत राम्रो रहेको छ । सन् २०१६ स्टार्कले सबैभन्दा चाँडो १ सय विकेट लिने कीर्तिमान पनि बनाएका थिए । उनले ५२ खेलमा सो कोशेढुंगा पार गरेका थिए । उक्त कीर्तिमान अफगानिस्तानका स्पिनर रासिदले सन् २०१८ मा भंग गरेका थिए । रासिदले स्टार्कभन्दा ८ खेल कम खेल्दै सो उपलब्धि हासिल गर्न सफल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप