वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय
मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । वीरगञ्जको वृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो । नगरप्रमुख राजेशमान सिंहका अनुसार नगरकार्यपालिकाको पछिल्लो बैठकबाट वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरिएको थियो ।
साविकको वीरगञ्ज उपमहानगरपालिकामा जोडिएका नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित र योजनाबद्ध विकासका लागि वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरी काम अगाडि बढाइएको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार वीरगञ्ज विकास प्राधिकरणको गठन नयाँ कार्यक्रम हो । चालु आर्थिक वर्ष २०७९÷८० को बजेटमा मधेस प्रदेश सरकारले वीरगञ्ज विकास प्राधिकरण र जनकपुर विकास प्राधिकरण गठन गर्ने घोषणा गरेको थियो । यसका लागि रु ३० करोडको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सुमना श्रेष्ठ
-
सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण (तस्बिरहरु)
-
जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री
-
नेपालले चीनतर्फ कहिलेदेखि निर्यात गर्छ भैँसीको मासु ?
-
विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
-
एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न