बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सुर्खेत–२ मा प्रतिनिधिसभाका लागि पूर्वमन्त्रीसहित ४ जनाको नाम सिफारिस

शनिबार, १८ भदौ २०७९, १२ : २३
शनिबार, १८ भदौ २०७९

पूर्वमन्त्री हृदयराम थानी सुर्खेत क्षेत्र–२ बाट प्रतिनिधिसभाका उम्मेदवारका लागि सिफारिस भएका छन् । नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले थानीसहित चार जनाको नाम सिफारिस गरेको छ । यस्तै श्याम भारती, निरञ्जन केसी र कलमबहादुर खत्रीको नाम पनि प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरिएको हो । 

संस्थापन इत्तर पक्षका नेता थानी बलियो उम्मेदवार हुन् । उनी यही क्षेत्रबाट ०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएका छन् । यद्यपि सुर्खेतमा योपटक संस्थापन पक्षको दवाब बढी छ ।  सुर्खेतमा कांग्रेसभित्रको इत्तर पक्षबाट थानी र संस्थापन पक्षबहादुर पूर्णबहादुर खड्काबीच निकै प्रतिस्पर्धा हुने गरेको छ । 

खड्का राष्ट्रिय राजनीतिमा शक्तिशाली भन्दै गएपछि थानी भने कमजोर हुँदै गएका छन् । थानी लगातार ०५१, ०६४ र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए । ०७४ मा थानीलाई एमालेका नवराज रावतले पराजित गरेका थिए ।  रावत ३७ हजार ४४७ मतसहित विजयी हुँदा थानी २८ हजार ६४६ मतमा समिति रहेमा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप