बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति भण्डारीद्वारा पाँडेको तस्बिरमा माल्यार्पण

शनिबार, १८ भदौ २०७९, ११ : १५
शनिबार, १८ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण गरेकी छन् । शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी कालु पाँडे र काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको स्मृति सभामा राष्ट्रपति भण्डारीले काँजी पाँडेको स्मरणमा उनको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेकी हुन् ।

टिष्टुङ, पालुङ, दहचोक, गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्मृतिसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतको उपस्थिति थियो ।

स्मृतिसभामा राष्ट्रपति भण्डारीले काजी कालुपाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण समेत गरेकी थिइन् । वि.स. १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइतअनुसार काजी वंशराज पाडँे, तुलाराम पाडेँ, केहरसिंह बस्न्यातका साथ कान्तिपुरमा आक्रमण गरेका थिए । उनले १ हजार गोर्खाली तालिम प्राप्त सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरेर एक दल नरदेवीतिरबाट, अर्को दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोकातर्फ अघि बढेका थिए ।

राजा जयप्रकाश मल्ल खुशीसाथ इन्द्रजात्रा मनाइरहेको समयमा गोरखालीहरुले आक्रमण गरेपछि उनी हतप्रद भएका थिए । अतः ४ घण्टासम्म अव्यवस्थित युद्ध लडेर ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागेपछि गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादसहित प्रवेश गरेका थिए ।

सोही बेलामा बारुद जल्दा तुलाराम पाडेँसहितका केही सिपाहीको  पिल्सिएर मृत्यु भएको थियो । उनकै स्मरणमा आज स्मृतिसभा मनाइएको हो । उनको कान्तिपुर राजदरबार हनुमान ढोकामा देहान्त भएको थियो ।                           

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप