कांग्रेस जिल्ला सभापति शाही सर्वसम्मत सिफारिस

नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रुपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ ।
शुक्रबार बसेको बैठकले शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए । उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधि सभाको खस आर्य समानुपातिक तर्फ पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल, महिला समानुपातिक धनसिला मल्ल, र खुल्ला समानुपातिक मीन भामलाई सिफारिस गरेको हो ।
यस्तै कर्णाली प्रदेश सभा 'क' , अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभाको लागि खगेन्द्र बहादुर मल्ल, हरिजंग शाही, तिलक बहादुर मल्ललाई प्रदेश सभाको लागि नाम सिफारिस गरिएको हो ।
प्रदेश समानुपातिकतर्फ सूर्यदेवी मल्ल, पदम रावल, लक्ष्मी रावत, भीम तिरुवा, च्यावा लामा, फुन्जोक लामा, रमाईली रावल, र खुम्मेनी विकलाई सिफारिस गरिएको सचिव मल्लले जानकारी दिए ।
साथै प्रदेशसभा 'ख' अन्तर्गत प्रत्यक्षतर्फ खड्क बहादुर शाही, रतन बहादुर शाही र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी, महेश गिरी, रुपकर्ण शाही, गोमा गिरी, लोक बहादुर शाही सिफारिस भएका छन् ।
निर्वाचन क्षेत्र अनुसार प्रदेश 'क' अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउपालिका पर्छन् भने प्रदेश 'ख', अन्तर्गत खत्याड गाउपालिका र सोरु गाउपालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने
-
राप्रपाको प्रदेशस्तरीय आमसभाको तयारी पूरा
-
ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन
-
कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै