शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

सार्वजनिक जग्गा संरक्षण अभियानमा जुट्यो रामग्राम नगरपालिका

शनिबार, १८ भदौ २०७९, १० : ०८
शनिबार, १८ भदौ २०७९

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको छ । रामग्राम नगरपालिका नगर प्रमुख धनपत यादवले नगरभित्रका बेवारिशे तथा अतिक्रमित जग्गाहरुको खोजतलाश गरि संरक्षणका लागि सक्रियता देखाएका छन् । 

शुक्रबार मेयर यादवले, पालिकाको अमिन र प्राविधिक टोलीसहित रामग्राम वडा १ स्थित सिद्धार्थ टोलमा पुगेर त्यहाँ रहेको सार्वजनिक जग्गामा  होर्डिङ्ग बोर्ड राखेका छन्  । उक्त बोर्डमा सार्वजनिक जग्गाको संरक्षण गर्न आग्रह गरिएको छ । यो अभियानलाई आगामी दिनमा निरन्तरता पाउने नगरपालिकाको योजना छ । 

विगत लामो समयदेखि अव्यस्थित तथा केहि व्यक्तिहरुकोे अतिक्रमणमा रहेको सार्वजनिक जग्गा संरक्षणका लागि मेयर यदवले चालेको अभियानमा साथ दिनुपर्ने स्थानीय बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप