बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलभद्र थारुसहित एमाले मोरङका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

शनिबार, १८ भदौ २०७९, ०८ : ३४
शनिबार, १८ भदौ २०७९

नेकपा एमाले नेता बलभद्र थारु माओवादी केन्द्र प्रवेश गरेका छन् । थारुसहित मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

उनीहरुलाई आज बिहान खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए । 

सो क्रममा अध्यक्ष प्रचण्डले मोरङका महत्वपूर्ण व्यक्तित्व बलभद्र थारुसहितका नेताहरुको प्रवेशले मोरङमा पार्टी थप मजबुद हुने विश्वास व्याक्त गरे । नवप्रवेसीहरुलाई योग्यताअनुसारको जिम्मेवारी दिइने प्रचण्डको भनाइ थियो । 

बलभद्र सरदार थारु एमालेका मोरङका जिल्ला कमिटी सचिवालय सदस्य हुन् । उनी यसअघिको स्थानीय तह निर्वाचनमा बुढीगंगा गाउँपालिकाको अध्यक्षका उमेद्वार थिए । उनीसहित वडा नम्बर ३ का अध्यक्षका उम्मेद्वार अमीर भगत, वडा नम्बर ७ का एमालेका वडाध्यक्ष किरण सरदार र स्थानीय युवा नेता आशाराम सरदारलगायत पार्टी प्रवेश गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप