कविता : साम्राज्य निर्माण
कुल जोगाउने
पितृ तार्ने
अंश खाने
आफ्नी श्रीमतीको
सिन्दुरसँगै उसको नियति
मेरै अधिनमा राखेको
म
म एक छोरो मान्छे ।
म छोरो मान्छे
जसले,
मजाले हाँस्न सक्छु खित्का छाडेर
यसरी किन हाँसेको भनेर को भन्छ ?
सभा, समारोह
घर सल्लाहमा कुरा राख्दा
‘भाले धेरै बासेको सुहाउँदैन’
कसैले भन्छ ?
मैले कैयन नभएका सम्बन्धहरूका
कृत्रिम कहानी बनाएर
छाती फुलाउँदै भन्दै गर्दा
साथीहरूबाट तारिफ खाने
म एक छोरा मान्छे ।
मैले यी सारा कथाहरू नलेखेको भए
अथवा भनौ,
पतिको खातिर आफ्नो पवित्रताको
परीक्षा दिने सीताको कथा नलेखेको भए
रुक्मिणीको त्याग, राधाको प्रेम नलेखेको भए
स्वस्थानीकी गोमाको कथा नलेखेको भए
पतिले छोराको गर्धन छिनाउँदा,
सहन सक्ने श्रीमती
‘पार्वती’को कथा झन नलेखेको भए
र,
यदि नलेखेको भए मनुस्मृति
मेरो यत्रो साम्राज्य कसरी बन्थ्यो ?
हरेक राजकुमारीले
आफ्नो दाइ, भाइलाई नै
किन स्वीकारिन् राजा ?
किन भन्न सकिनन्
म चलाउँछु देश ?
हरेक महिला आफ्नो पतिको
खुट्टाको जल पिउनु
किन सौभाग्य ठान्छन् होला ?
र, नयाँ कुरा गर्ने हो भने
अपरिचित युवा युवती भेट हुँदा
युवकले सहजै तिमी
र, युवतीको मुखबाट स्वस्फूर्त तपाईं
किन निस्किन्छ होला ?
सदियौँदेखि
घरको मालिक
गोठको मालिक
खेतको मालिक
गाउँको प्रधान
देशको प्रधान
न्यायालयको प्रधान
बनेर हैकम गरिरहेको
म छोरा मान्छे ।
यसरी मेरो यो साम्राज्य
मैले मेरा साना दुःखले आज्र्याको होइन
यहाँ त्याग छ,
पसिना छ, समय छ
३३ कोटी पात्र छन्
र,
सबैभन्दा ठूलो कुरा धोका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म