शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्कुलमै मनाइयो “इन्द्र जात्रा”

शनिबार, १८ भदौ २०७९, ०६ : ३४
शनिबार, १८ भदौ २०७९

रथहरू लस्करै तानिएको छ । ती रथमा विराजमान छन्, जीवित देवी कुमारी, गणेश र भैरव । पछि पछि छन् पुलुकिसी, मजिपा लाखे आजु, सवभक्कु अनि बाजा बजाउँदै लाइनमा आएका परम्परागत पोसाकमा सजिएका अरू सहभागी ।

जात्रा हेर्नको लागि हरेक तलामा विद्यार्थीहरू उभिइरहेका छन् । आँखै झिमिक्क नगरी हरेक क्रियाकलाप नियालिरहेका छन् । कोही धिमे र भुस्याको तालमा मग्न भएर नाचिरहेका छन् त कोही होस्टे हैँसे गर्दै रथ तानिरहेका छन् ।

विद्यार्थीलाई इन्द्र जात्राको प्रमुख दिन हुने क्रियाकलाप प्रत्यक्ष रूपमा अनुभूत गराउनको लागि नक्सालमा रहेको बृहस्पति विद्या सदनमा शुक्रवार साङ्केतिक इन्द्र जात्रा आयोजना गरिँदाको दृश्य हो यो ।

अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूमा संस्कृति प्रति अपनत्व बढाउनको लागि विद्यालयले हरेक वर्ष यस किसिमको कार्यक्रम आयोजना गर्दै आएको छ । अझ यो वर्ष इन्द्र जात्रा मनाउनुको कारण त्यहाँ अध्ययनरत ५ कक्षाका विद्यार्थीलाई इन्द्र जात्राको बारेमा उल्लेख भएको पाठ राम्रोसँग बुझाउनको लागि भएको विद्यालय प्रशासनले रातोपाटीलाई जानकारी दिएको छ ।

शुक्रबार तानिएको रथ पनि त्यहाँ अध्ययनरत विद्यार्थीहरूले हप्तौँ लगाएर तयार पारिएको विद्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप