कस्तो रहनेछ आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै आइतबार पनि प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर