सरकारले कसैलाई भोकै राख्दैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले सरकारले कसैलाई भोकै बस्न नदिने बताएका छन् । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकाको स्थलगत अनुगमन गर्ने क्रममा अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् । शर्माले भने, ‘नरैनापुरको अवस्था देख्दा मलाई मर्महित बनाएको छ, तत्काल केन्द्रीय सरकारबाटै राहतको व्यवस्था गराउन पहल गर्छु ।’
स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकांश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाए । यो समस्याका बारेमा उनले मन्त्रिपरिषदको बैठकमा कुरा उठाउने बताउँदै प्रधानमन्त्रीसँग पनि कुरा गर्ने बताए ।
अर्थमन्त्री शर्माले नरैनापुरका स्थानीय जनप्रतिनिधि, किसान र सर्वसाधारणसँग पनि त्यहाँको समस्याका बारेमा विस्तृत जानकारी लिएका थिए । प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको छ । रोपिएको बाली पनि सुकेर काम नलाग्ने भएको नरैनापुर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य बताए ।
मन्त्री शर्मासँगै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, नरैनापुर १ का वडा अध्यक्ष इशाक जोहाल, २ का वडा अध्यक्ष महसुद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का वडा अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण मौर्य लगायतको टोलीले नेपाल भारतको सीमासम्म स्थलगत निरीक्षण पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त