शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाका लागि काभ्रे १ बाट लामा सर्वसम्मत सिफारिस

शुक्रबार, १७ भदौ २०७९, २२ : ४०
शुक्रबार, १७ भदौ २०७९

नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा प्रतिनिधिसभाको लागि काभ्रे क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएका छन् । लामालाई प्रतिनिधिसभाका लागि क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरेको हो । युवाहरु माझ लोकप्रिय सभापति लामा संविधानसभा सदस्य समेत हुन् । उनी २०७० मा काभ्रे क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

लामा २०७४ मा वाम गठबन्धनसँगै थोरै मतान्तरले पराजित भ्एका थिए । त्यसपछि काभ्रेमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । लामा पछिल्लो जिल्ला अधिवेसनबाट काभ्रे कांग्रेसको नेतृत्वमा पुगेका थिए ।

क्षेत्र न १ मा लामाको विजय सुनिश्चित रहेको एक युवा नेताले बताए । उनले भने, ‘जुन नाम सिफारिस भएको छ, अत्यन्तै राम्रो भएको छ । उहाँ जनताले खोजेको व्यक्ति हो ।’ तिर्थ लामा गठबन्धनको साझा उम्मेदवार बन्ने उनले बताए । उनले भने, ‘लामालाई टिकक दिए मात्र काभ्रे १ मा जित निश्चित छ ।’

स्थानीय निर्वाचनको मत परिणाम अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसले ४० हज़ार, एमालेले ३३ हजार, माओवादीले २४ हज़ार र समाजवादीले २३ सय मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप