आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सेब र दीक्षालयलाई युरो कप

शुक्रबार, १७ भदौ २०७९, २१ : ४८
शुक्रबार, १७ भदौ २०७९

सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । सेब सिनियर ब्वाइज तथा दीक्षालय सिनियर गल्र्समा च्याम्पियन बने । हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७–३७ ले पराजित गर्यो । सेबका रोशन घलेले १६ अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा दीक्षालयले काष्ठमण्डप विद्यालयलाई २३–१० ले हरायो । दीक्षालयकी पेम्बा शेर्पाले १२ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोशन र पेम्बा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । स्टाफमा आयोजक युरोले उपाधि चुम्यो । युरोले फाइनलमा त्रिज्योतिलाई २१–१८ ले पाखा लगायो । युरोका सेसिल चक्रधर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक÷प्रिन्सिपल शैलाजा अधिकारी, युरोकी भाइस प्रिन्सिपल एन्जेला तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।  भदौ ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १८ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप