प्रथम भेट्रान्स फुटबल कप प्रतियोगिता हुने
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलो पटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने भएको छ । परिषद्ले आज पत्रकार सम्मेलन गरी खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवर्द्धन गर्नका लागि प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आयोजना गरेको जानकारी दिएको हो ।
प्रतियोगिता आगामी असोज ९ देखि ११ गतेसम्म लैनचौर फुटबल मैदानमा हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा ठमेल क्षेत्रका दुई टिमसहित काठमाडौँ, पोखरा, धरान, चितवनलगायत देशभर मुख्य शहरका २० टिमको सहभागिता रहने छ ।
४० वर्ष उमेर कटेका खेलाडीको सहभागिता रहने उक्त खेलमा टिम दर्ताका लागि रु १० हजार तोकिएको छ भने टिम दर्ता अवधि असोज २ सम्मलाई दिइएको छ । खेलमा प्रथम हुने टिमलाई रु दुई लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद रु एक लाख मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, धेरै गोल हान्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही रु १० हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न रु १२ लाखदेखि १५ लाखसम्म लाग्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘औषधीको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधीको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्