बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपूर्वमा लागु औषधको राजधानी बन्दैछ साउदी अरब

शुक्रबार, १७ भदौ २०७९, २१ : १८
शुक्रबार, १७ भदौ २०७९

गत अप्रिलमा एक भयानक लागुऔषध–प्रेरित हत्याको खबरले साउदी अरब तरङ्गित भयो । देशको पूर्वी प्रान्तमा एक व्यक्तिले रमजानको उपवास समाप्त भएपछि खाइने इफ्तारअघि आफ्नो परिवारको घरमा आगो लगाइदिए । उनको परिवारका चार सदस्य मारिए ।

स्थानीय मिडियाले प्रहरीलाई उदृत गर्दै लेखेअनुसार ती व्यक्ति साबु नामक मेथाम्फेटामाइन ड्रग्सको प्रभावमा थिए । साउदी मिडियामा पछिल्लो समय लागुऔषधको प्रयोगको वृद्धिले चर्चा पाउने गरेको छ ।  एक स्तम्भकारले राज्यमा बढ्दो लागुऔषधको ढुवानीलाई ‘देश विरुद्धको खुला युद्ध’ को रुपमा चित्रित गर्दै यो युद्ध अरू कुनै युद्धभन्दा बढी खतरनाक’ भएको वर्णन गरे ।  

बुधवार, साउदी अधिकारीले राजधानी रियादको गोदाममा लगभग ४.७ करोड एम्फेटामाइन चक्कीहरू ढुवानी गर्न राखिएको पिठोमा लुकाइएको अवस्थामा फेला पार्यो । यो हालसम्म साउदी अरबमा भेटिएको अवैध लागुऔषधको सबैभन्दा ठूलो परिणाम हो । पछिल्लो परिणामको ड्रग्स भेटिनुले साउदी अरब मध्यपूर्वको लागुऔषध राजधानीको रूपमा विकसित हँुदै गएको कुरामै थप जोड दिन्छ । 

यो मुलुक सिरिया र लेबनानका तस्करहरूको लागि मुख्य गन्तव्य बनेको विज्ञहरूको भनाइ छ । यही साताको सुरुमा एक अमेरिकी तटरक्षक डुङ्गाले ओमानको खाडीमा माछा मार्ने डुङ्गामा ढुवानी हँुदै गरेको करोडौं डलर पर्ने ३२० किलोग्राम एम्फेटामाइन ट्याब्लेट र लगभग ३००० किलो चरेस बरामद गर्यो । 

विगतमा साउदी अरबमा चरेसको प्रयोग धेरै हुने गरेकोमा अहिले एम्फेटामाइन साउदी युवाहरू माझ लोकप्रिय बनेको छ ।  धनी उपभोक्ता बजारहरूमा, एम्फेटामाईनको ठूलो माग छ । देशको बढ्दो युवा जनसंख्याको बीचमा मनोरञ्जन गतिविधि न्युन रहेकाले धेरै ड्रग्सतर्फ आकर्षित भइरहेका छन्  । 

उपभोक्ताहरू अफिम र कोकिनजस्ता ‘कडा’ ड्रग्सको तुलनामा कृतिम फेनेथाइलिन रहने क्याप्टागनलाई उचित मान्छन् । युवराज मोहम्मद बिन सलमानका सुधारले मनोरञ्जनका माध्यम बढेसँगै ड्रग्सको प्रयोग कमी हुने अपेक्षा केही विज्ञले गरेका छन् ।  पछिल्लो समय देशभर कयौं लागुऔषध दुर्व्यवसनीको लागि पुनःस्थापना केन्द्रहरू खुलेका छन् । तर मध्य–पूर्वमा अझै पनि लागुपदार्थ सेवन गर्नेहरु विरुद्ध कडा कारवाहीको व्यवस्था छ । –सीएनएनबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप