हेटौंडाबाट ३०५ किलो गाँजा बरामद
शुक्रबार, १७ भदौ २०७९, २० : २८

मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रवार हेटौंडा उपमहानगरपालिका-१० बुद्धचोकबाट ३०५ किलो गाँजा बरामद गरेको हो ।
थानाभर्याङबाट बुद्धचोक आउँदै गरेको ना८ख १७३८ नम्बरको टिपरबाट १२ बोरा अर्थात् तीन सय पाँच किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । शङ्का लागेर जाँच गर्दा टिपरको पछाडि रातो त्रिपालले छोपेको अवस्थामा गाँजा बरामद भएको हो ।
टिपरका चालक ९गाँजा ओसारपसारमा संलग्न० भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको तीन क्विन्टल गाँजा र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी