सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बुटवल पाल्पा सडक एकतर्फी रूपमा सुचारु

शुक्रबार, १७ भदौ २०७९, १९ : ५८
शुक्रबार, १७ भदौ २०७९

बिहीबार दिउँसोदेखि अवरुद्ध बुटवल पाल्पा सडक एकतर्फी रूपमा सुचारु भएको छ ।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक  कार्यालय  बुटवलले जनाएको छ ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार  सडक अवरुद्ध भएपछि  लामो समयदेखि रोकिएका सवारी साधनहरू आ आफ्नो गन्तव्यमा लागेका छन् । बुटवल आउने तथा पाल्पा  जाने दुवैतर्फका सवारी सधान एकतर्फी रूपमा गन्तव्यमा जान थालेपछि यात्रुहरूलाई राहत  भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप