बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं-८ बाट निर्वाचन लड्न नवीन्द्र पत्नी सपनाले दिइन् आवेदन

शुक्रबार, १७ भदौ २०७९, १९ : ४१
शुक्रबार, १७ भदौ २०७९

नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना राजभण्डारी जोशीले आफू इच्छुक भएको निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएकी छन् । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र  नम्बर  ८ बाट चुनाव लड्न नवीन्द्र पत्नी सपनाले आवेदन दिएकी हुन् ।

उनको यसअघि पनि काठमाडौं महानगरको प्रमुख उम्मेदवारका रुपमा समेत चर्चा भएको थियो । यश क्षेत्रबाट नेता राजुराज जोशीले पनि उम्मेदवारी  हुनका लागि आवेदन बुझाएका छन् । जोशी गत सम्पन्न १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं ८ बाट सर्वसम्मत महासमिति सदस्य चयन भएकी थिइन् । उनी नविन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनु अघि सक्रिय विद्यार्थी राजनीतिमा थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप