बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

यूएई संसदका उपाध्यक्ष नेपालमा

शुक्रबार, १७ भदौ २०७९, १९ : ३६
शुक्रबार, १७ भदौ २०७९

संयुक्त अरब इमिरेट्स (यूएई) संसदका उपाध्यक्ष मोहम्मद अहमद अल यामाही दुईदिने नेपाल भ्रमणमा आएका छन् । उनी शुक्रवार बिहान मुस्लिम आयोगको निमन्त्रणामा नेपाल आएका हुन् । 

मुस्लिम आयोगको निमन्त्राणामा आएका यामाहीलाई नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

मुस्लिम आयोगको स्वागत कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालीहरुले युएईको सुन्दरता र समृद्धिको लागि ठूलो योगदान गरेको स्मरण गरेको बताए । उनले नेपालका लागि आफूहरु नेपालको समृद्धि र विकासको लागि काम गर्न चाहेको कुरा व्यक्त गरेको बताए । उनले नेपालको विकासका लागि कुन क्षेत्रमा काम गर्दा राम्रो हुन्छ भन्नेबारेमा पनि छलफल भएको बताए । भेटमा उपाध्यक्ष यामाहीले नेपालको विकास र समृद्धिको लागि हातेमालो गरेर जान तयार रहेको बताएको पनि स्पष्ट पारे । उनले भेटमा नेपाल पर्यटनको लागि उत्कृष्ट गन्तव्य रहेकोबारेमा पनि छलफल भएको बताए ।  

दुई दिने नेपाल भ्रमणमा आएका यामाहीले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्ने कार्यक्रम छ । यामाही दुई महिनापछि अरब मुलुकका २२ देश सदस्य रहेको अरब लिगको महासचिव नियुक्त हुँदैछन् । अरब लिगको सचिवालय इजिप्टमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप