महिला साफको तयारी पूरा

person explore access_timeभदौ १७, २०७९ chat_bubble_outline0

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दक्षिण एशियाली फुटबल संघ (साफ) को कार्यक्रम अनुसार एन्फाको आयोजनामा दशरथ रंगशालामा आयोजना हुने लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको हो ।


च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले यस प्रतियोगिताको तयारी पूरा भएको र नेपालमा आयोजना हुन लागेको प्रतियोगिताले महिला फुटबलको रौनक बढ्ने विश्वास व्यक्त गरे । दक्षिण एशियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदै छ ।



प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिता सञ्चालनका एन्फाले झन्डै साढे तीन करोड रुपैयाँ लाग्ने अुनमान गरेको छ । एन्फालाई साफले २ लाख ५० अमेरिकी डलर सहयोग गर्ने संयोजक खड्काले जानकारी दिए । एन्फाले प्रतियोगिता टेलिभिजन ब्रोडकाष्टिङ, डिजिटल मार्केटिङ र टिकेटिङको अधिकार हन्ड्रेड स्पोटर््सलाई ६२ लाख रुपैयाँमा बिक्री गरेको छ ।



प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम नेपाल आइसकेको छ । बाँकी टिम ४ सेप्टेम्बरसम्म काठमाडौं आइपुग्ने संयोजक खड्काले जानकारी दिए । प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फको टिकट दर ३०० र भीआईपीतर्फको प्यारापिटतर्फको टिकट दर ५०० रुपौयाँ तोकिएको छ । प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीको पनि अन्तिम नामावली सार्वजनिक भइसकेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।