स्वास्थ्य बीमाको समस्या समाधान प्रतिवेदन ल्याउने स्वास्थ्य राज्यमन्त्री केसीको दाबी
![स्वास्थ्य बीमाको समस्या समाधान प्रतिवेदन ल्याउने स्वास्थ्य राज्यमन्त्री केसीको दाबी](https://rpcdn.ratopati.com/media/albums/hira-kc_GIAwTKABq1.jpg)
स्वास्थ्य बीमा सुदृढीकरण निर्देशक समितिको दोस्रो बैठक बसेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीको संयोजकत्वमा गठित निर्देशक समितिको दोस्रो बैठक शुक्रवार बसेको हो ।
बैठकमा स्वास्थ्य बीमाका प्रशासनिक सुधार, व्यवस्थापकीय पाटोका विषयमा छलफल भएको समितिका सदस्य सचिव नारायण ढकालले जानकारी दिए । बैठकमा स्वास्थ्य बीमामा भएको बेथीतिका विषयमा पनि औँल्याइएको थियो । यस्तै स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान स्थितिको आँकलन गरिएको थियो । सो क्रममा राज्यमन्त्री केसीले स्वास्थ्य बीमालाई आम जनतासँग जोड्नुपर्ने र यो कार्यक्रमलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘केहिदिन प्रतिवेदन बाहिर ल्याउँछौं । बीमा कार्यक्रमलाई आम बीमीतसँग जोड्ने र जनजनको कार्यक्रम बनाउन म केन्द्रित छुँ । ’ स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा स्वास्थ्य बीमा सुदृढीकरण निर्देशक समिति गठन भएको थियो । गत साउन २६ मा स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय स्वास्थ्य बीमा सुदृढीकरण निर्देशक समिति गठन गरेको थियो ।
समितिलाई स्वास्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बीमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी