आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ मा

२ विषयमा नन ग्रेड आएका विद्यार्थीले परीक्षा दिन पाउने
शुक्रबार, १७ भदौ २०७९, १८ : ११
शुक्रबार, १७ भदौ २०७९

कक्षा १२ बोर्ड परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ  । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने बताए । 

नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० विद्यार्थी परेका छन् । उनीहरूमध्ये ग्रेड वृद्धिका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन् । जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए । बोर्डले पहिलो पटक नन ग्रेडिङ प्रणाली लागू गरेको थियो । जसमा प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल भएको मानिने छ। 

२ विषयमा नन ग्रेड आएका विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् । २ विषयभन्दा बढीमा नन ग्रेड आएका विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने अध्यक्ष शर्माले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप