पुस्तकमा व्यक्त भावनालाई बुझ्न जरुरी हुन्छ : महानायक हमाल
महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताएका छन् । शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महानायक हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाई हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिए । उनले कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्न मद्दत पु¥याउने बताए ।
महानायक हमालले पुस्तकमा अध्यताले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न बेकार रहको बताए । हरेक राम्रा पुस्तकले आफ्ना अनुभवलाई बढाएर हेर्नेकुरामा जोड दिने गरेको बताए । महानायक हमालले पुस्तक बाआमाले आफ्नो जीवनकालका हरेक अनुभवलाई पुनः स्मरण गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म