बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

७२ जिल्लामा फैलियो डेंगु संक्रमण, कुन प्रदेशमा कति संक्रमित ?

शुक्रबार, १७ भदौ २०७९, १८ : ०१
शुक्रबार, १७ भदौ २०७९

नेपालमा पछिल्लो समय डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ । साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् ।

मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १२ सय ९१ जनामा डेंगु देखिएको छ । सबैभन्दा कम संक्रमित सुदूरपश्चिम प्रदेशमा देखिएका छन् । सुदूपश्चिममा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार लुम्बिनीमा ५८३, प्रदेश नम्बर १ मा १४४, गण्डकीमा ५२, मधेशमा ४८ र कर्णाली १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

पुसदेखि यता ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप