मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अफताव आलमलाई उम्मेदवार बनाउँदैनौं : महामन्त्री थापा

शुक्रबार, १७ भदौ २०७९, १७ : ५९
शुक्रबार, १७ भदौ २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताव आलमलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गरेका छन् । शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि कांग्रेसले उम्मेदवारी नबनाउनेमा विश्वस्त रहन आग्रह गरे । महामन्त्री थापाले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने बताए । उनले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गरे ।

‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा आफूले यो निर्णय गरेको हुँ भन्न नसक्ने नर्णय आफूआवद्ध हुँदासम्म पार्टीबाट नहुने बताए । महामन्त्री थापाले नियम र कानुनले मात्रै समाज नचल्ने र समाज चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप