मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष तिमिल्सिना र सीपीसीका अध्यक्षबीच भर्चुअल वार्ता

शुक्रबार, १७ भदौ २०७९, १७ : ४८
शुक्रबार, १७ भदौ २०७९

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनको १३ औँ राष्ट्रिय समिति (सीपीपीसीसी) का अध्यक्ष वाङ याङसँग भर्चुअल वार्ता गरेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक ब्यूरोका स्थायी कमिटी सदस्यसमेत रहेका याङसँग अध्यक्ष तिमिल्सिनाले शुक्रबार गरेको भर्चुअल कुराकानीमा आगामी १६ अक्टोवरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय कंग्रेसको सफलताको शुभकामना व्यक्त गरे । 

‘चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय कंग्रेसले आगामी पाँच वर्षका लक्ष्य एवं कार्यदिशा तय गर्ने भएकोले नेपाल र नेपाली जनताको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि सम्पूर्ण चिनियाँ जनताको लागि सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु,’, अध्यक्ष तिमिल्सिनाको भनाई उधृत गर्दै उनको सचिवालयले जनाएको छ । 

त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल चीन कुटनीतिक सम्बन्धमा अझ घनिष्ट बनाउनुपर्नेमा जोड दिदै कोरोना महामारी र बाढी पहिरोले अवरोध भएको नेपाल चीन व्यापारका लागि रसुवागढी र तातोपानी नाकाहरु नियमित सञ्चालन हुने विश्वास व्यक्त गरे । 

‘कोरोना महामारीका कारण रोकिएको हवाइ सेवा छिट्टै नियमित र सहज हुने विश्वास लिएको छु,’ अध्यक्ष तिमिल्सिनाले भनेका छन्, ‘नेपालमा मुख्य चार्डपर्वहरू आइरहेका छन् । यी चार्डपर्वमा चीनमा उत्पादित सामानहरू बढी प्रयोग हुने भएकाले पनि छिट्टो नाकाहरू सञ्चालनका लागिमा सहजीकरणका लागि महामहिममार्फत चिनियाँ सरकारलाई आग्रह गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप