बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियता र देशभक्तको पक्षमा भोट हाल्न ओलीको आग्रह

शुक्रबार, १७ भदौ २०७९, १५ : ५९
शुक्रबार, १७ भदौ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिगार्न लागेका गठबन्धनका उम्मेदवारहरुलाई भोट नहाल्न आग्रह गरेका छन् । विराटनगरमा शुक्रबार अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खासगरी पहिलो पटक भोट हाल्न लागेका मतदाताहरुले भोट हाल्ने बेला सोच्नुपर्ने बताए । उनले सत्ता गठबन्धन अपवित्र रहेको भन्दै गठबन्धनका उम्मेदवारले देश नबनाउने बताए । 

‘तपाईहरु पहिलो पल्ट मतदान गर्दै हुनुहुन्छ भने जिन्दगीको पहिलो भोट गलत ठाउँमा नहाल्नुस्, तपाईको पहिलो भोट देश बिगार्नेका जिम्मामा पर्नुहुँदैन’, ओलीले भने, ‘तपाईको पहिलो भोट अपवित्र गठबन्धनलाई पर्नु हुँदैन, विचार, कर्तव्य र दिशाहिन खान पल्केकालाई होइन, पहिलो भोट राष्ट्रियता र देशभक्तको पक्षमा पर्नुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप