दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन सरकारले गर्यो सम्झौता
सरकारले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ ।
शुक्रवार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्र बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे । आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ । सम्झौता हस्तारक्षर कार्यक्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थित थिए । हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बबताए ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताए । उनल देशको अर्थतन्त्र बढ्न उद्यमीहरुले बढाएर उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको बताए ।
उनले लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रसँग भएको सम्झौताले अनुसार ४० लाख रुपैयाँको सिन्के धुप र दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाउने योजना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोसीमा पानीको बहाव घट्यो, पुलमा सवारी आवतजावत खुला
-
बाढीपहिरो र डुबानमा परेकालाई उद्धार र राहतमा सहयोग गर्न मन्त्री सुडीको अपिल
-
उपत्यकाबाहिर पहिलो ट्रमा सेण्टर बर्दघाटमा, मन्त्री पौडेलद्वारा शिलान्यास
-
आफ्नो 'कमिक' कलेक्शन फ्याँकिदिएपछि आमाविरुद्ध छोराले हाले मुद्दा
-
मधेस सरकारद्वारा राहत तथा पुनःस्थापनाका लागि आठ करोड विनियोजन
-
मर्ज भए भायकम १८ र डिज्नी मर्जन, सरकारद्वारा अनुमोदन